News

निर्मलाका लागि न्याय माग्दै प्रधानमन्त्री निवासअगाडि प्रदर्शन

निर्मलाका लागि न्याय माग्दै प्रधानमन्त्री निवासअगाडि प्रदर्शन

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तलाई न्याय दिन माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रर्दशन गरिएको छ । 

 

विवेकशील साझा पार्टीको नेतृत्वमा ‘न्यायको खोजीमा निर्मलाहरु’ व्यानरमा शनिबार प्रधानमन्त्रीको सरकार निवास अगाडि बालुवाटार चोकमा प्रर्दशन गरिएको हो । 

 

 ‘न्याय मर्न नदिऔं, सत्य हार्न नदिऔं’ भन्ने नारा सहित उपस्थित प्रर्दशनकारीले शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी प्रशासन सहित गृहमन्त्री पनि असक्षम भएको दाबी गरे । उनीहरुले आपराधिक कार्यको अनुसन्धान गर्न प्रहरी असक्षम भएकाले प्रहरीलाई तत्काल अपराध अनुसन्धान सम्बन्धी विशेष तालिन दिन पनि माग गरे ।

 

पन्तको बलात्कार पछिको हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न माग गर्दे राजधानी लगायत मुलुकभर दिनहुँ प्रर्दशन भइरहेका छन् । 
तर घटनाको ५ महिना वितिसक्दा पनि सरकारले दोषि पक्राउ गर्न सकेको छैन । प्रहरीले अनुसन्धानको नाममा निर्दोषलाई नियन्त्रणमा लिई यातना दिएर अपराध कबुल गराउन लागि परेको भन्दै विरोध हुँदै आएको छ ।
 

विशेष