बम्जमको गतिविधिमा निगरानी राख्दै प्रहरी

बम्जमको गतिविधिमा निगरानी राख्दै प्रहरी

काठमाडौं । ‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनको गतिविधिबारे जानकारी गराउन गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले बारा, मकवानपुर, सर्लाही, सिन्धुपाल्चोक, सिन्धुली, लमजुङका प्रमुख जिल्ला अधिकारीलाई उनको गतिविधिबारे जानकारी गराउन निर्देशन दिएको हो ।

 

मन्त्रालय स्रोतका अनुसार उनले व्यक्ति बेपत्ता बनाएको समाचार आएपछि चासो व्यक्त गर्दै उनको आश्रम रहेका जिल्लाका प्रजिअलाई गतिविधिबारे जानकारी गराउन निर्देशन दिएको हो । प्रहरीले बम्जनका आश्रम सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, बारा, लमजुङ र सर्लाहीमा रहेको जानकारी दिएपछि मन्त्रालयले सो निर्देशन दिएको स्रोतले जनाएको छ । मकवानपुरमा उनीविरुद्ध ३० वर्षीया फूलमाया रुम्बा र ५१ वर्षीय सञ्चलाल वाइबालाई बेपत्ता बनाएको उजुरी परेको छ ।

 

बम्जनको आश्रमबाट केही व्यक्ति बेपत्ता भएको तथा केही आनी यौन दुर्व्यवहारमा परेको समाचार आएपछि पीडितका आफन्तले प्रहीमा उजुरी गरेका थिए । सोही आधारमा प्रहरीसमेत उनको खोजीका लागि परिचालन भएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले मिडियामा समाचार आएको र बम्जनविरुद्ध प्रहरीमा उजुरीसमेत परेका कारण उनको विषयमा थप कुरा जान्न खोजेको बताए । यो खबर आजको नगारिक दैनिकबाट लिइएको हो ।

संम्बधित खबर

विशेष