उत्तर कोरियाबाट पलायन व्यक्तिका गोप्य विवरण ह्याकरको कब्जामा, कसले गर्‍यो ह्याक?

उत्तर कोरियाबाट पलायन व्यक्तिका गोप्य विवरण ह्याकरको कब्जामा, कसले गर्‍यो ह्याक?

एजेन्सी । उत्तर कोरियाबाट दक्षिण कोरिया पलायन भएका झण्डै एक हजार व्यक्तिका निजी विवरणहरु सार्वजनिक भएका छन् । कोरियाली एकीकरण मन्त्रालयले राज्य–सञ्चालित पुनस्र्थापना केन्द्रको कम्प्युटरमा रहेका निजी विवरणहरु चोरी (ह्याक) भएको जनाएको छ । 

 

उत्तर कोरियाबाट पलायन भएर दक्षिण कोरियामा बसोबास गरिरहेका ९९७ जनाको नाम, जन्ममित र ठेगाना सार्वजनिक भएको छ ।  मन्त्रालयले भनेको छ, “उत्तरी ग्योनसाङ प्रान्तको हाना केन्द्रमा रहेको एउटा कम्प्युटर ह्याक भएको थाहा पाएपछि प्रान्तीय सरकारसँगको सहयोगमा डिसेम्बर १९ मा अनुसन्धान गरिएको थियो । अनुसन्धानबाट उक्त कम्प्युटरमा व्यक्तिका गोपनीय जानकारी रहेको फाइल चोरी भएको थाहा भयो ।” 

 

मन्त्रालयका अनुसार उत्तर कोरियाबाट पलायन भएका व्यक्तिका गोप्य जानकारी यतिठूलो संख्यामा सार्वजनिक भएको यो पहिलो पटक हो ।  व्यक्तिगत विवरण सार्वजनिक भएका व्यक्तिलाई उक्त घटनाका बारेमा जानकारी गराइएको मन्त्रालयले बताएको छ । साइबर आक्रमणमा जिम्मेवार व्यक्तिका बारेमा अनुसन्धान थालिएको छ । मन्त्रालयले छानबिनमा प्रहरीको सहयोग लिइएको बताउँदै आगामी दिनमा हुनसक्ने ह्याकका बारेमा सचेतता अपनाइने बताएको छ । सरकारले तथ्याङ्क भण्डारका लागि प्रयोग हुने कम्प्युटरलाई इन्टरनेटको पहुँचबाट टाढा राख्ने तयारी पनि गरेको छ । 

उत्तर कोरिया

संम्बधित खबर

विशेष