सानिमा लाईफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकबीच बैंक्यास्योरेन्स सम्झौता
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र एनआईसी एशिया बैंकबीच बैक्यास्योरेन्स सम्झौता भएको छ । शुक्रबार राजधानिमा आयोजित एक कार्यक्रमकामा यी दुई कम्पनीबीच बैक्यास्योरेन्स सम्झौता भएको हो ।
इन्स्योरेन्स तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार अब एनआईसी एशिया बैंकका २७८ वटै शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको प्रविधियुक्त आधुनिक स्तरको उत्कृष्टजीवन बीमा सेवा उपभोग गर्न सकिने जनाइएको छ ।