समाज News

सिन्धुपाल्चोकमा ‘क्षितिज सिकाइ मेला—२’ आयोजना हुने

सिन्धुपाल्चोकमा ‘क्षितिज सिकाइ मेला—२’ आयोजना हुने

काठमाडौं । पुस २७ गतेदेखि सिन्धुपाल्चोकमा ‘क्षितिज सिकाइ मेला—२’ आयोजना हुने भएको छ । टिच फर नेपालका प्रज्ञार्थी शिक्षकहरूको अगुवाइमा हुन लागेको यो मेलाको दोस्रो संस्करण हो । यसअघि २०७४ सालमा मेलाको पहिलो संस्करण भएको थियो । 

 

यस मेलामा सिन्धुपाल्चोको उत्तरी भेगमा रहको पाँचवटा माध्यामिक विद्यालयहरूको संयुक्त रूपमा मेलाको आयोजना रहनेछ । सिन्धुपाल्चोकको भोताङ ३ स्थित हुने कार्यक्रमको मूल नारा ‘विज्ञान, प्रविधि र कलाको प्रवद्र्धन, हामी सबैको सम्बोधन’ रहेको छ । शैक्षिक स्थितीको सुधार एंव प्रवद्र्धन गर्नु नै यस मेलाको मुख्य उद्देश्य हो । 

 

मेलामा विद्यार्थीका लागि उच्च शिक्षाको निमित्त परामर्श सेवा, कार्यरत शिक्षकको सशक्तिकरण र विद्यार्थीको सिकाइ प्रक्रिया विकासको निम्ति आवश्यक तयारी, स्थानीय जनप्रतिनिधीमा शिक्षाको अवस्था प्रकाश पार्ने आदि कार्यक्रम रहेका छन् । 
 

सिन्धुपाल्चोक

विशेष