News अर्थ बैंकिङ प्रदेश ५

अब गुल्मीको रुरुमा प्रभु बैंक

अब गुल्मीको रुरुमा प्रभु बैंक

काठमाडौं । प्रभु बैंकको नयाँ शाखा गुल्मीको रुरुमा खुलेको छ । परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीको समुद्घाटनमा प्रभु बैंकले गुल्मीको रुरु गाउँपालिका–४, रानीबास, बलेटक्सारमा आफ्नो नयाँ शाखा विस्तार गरेको हो ।

बैंकको नयाँ शाखा विस्तार गर्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकको शाखा विस्तार भएसँगै रुरुबासीहरुमा बैंकिङसेवामा सहजता भएको बताए । 
उनले भने, ‘प्रभु बैंक सधै जनताकै सेवामा समर्पित छ र भोलिका दिनहरुमा पनि यो सेवा निरन्तर रहिरहने छ ।’ 

बैंकले रानीबास शाखा उद्घाटनको अवसरमा विपन्न वर्ग, महिला उद्यमी तथा भूकम्प पिडित कर्जा शीर्षक अन्तर्गत ५ जनालाई सहुलियत ब्याजदरको कर्जा समेत उपलब्ध गराएको बैंकले जनाएको छ । 
अबका दिनमा शाखाबाट सेवाग्राहीले गुणस्तरीय सेवा उपभोग गर्न पाउने समेत बैंकले दाबी गरेको छ ।

उद्घाटन कार्यक्रममा नेपाल सरकारका पुर्व मुख्य सचिव एवं छिमेकी देश चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल र रुरु गाउापालिकाका अध्यक्ष निलकण्ठ गौतम विशिष्ट अतिथिका रुपमा सहभागी थिए ।

प्रभु बैंक

विशेष