News विचित्र विश्व अपराध सुरक्षा

यस्तो पनि हुन्छ नेपालमा : नगरप्रमुख जेलमुक्त हुँदा खुसीले नगरपालिकामा सार्वजनिक विदा

यस्तो पनि हुन्छ नेपालमा : नगरप्रमुख जेलमुक्त हुँदा खुसीले नगरपालिकामा सार्वजनिक विदा

रौतहट : कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय पाएका कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाह जेलमुक्त भएको खुशीयालीमा नगरपालिका, वडा कार्यालय र नगर क्षेत्रका सबै विद्यालयमा आइतबार सार्वजनिक बिदा दिइएको छ । 

 

गत बैसाखदेखि जेल परेका मेयर कुश्वाहलाई सर्वोच्च अदालतले शुक्रबार निर्दोष सावित गर्दै रिहा गरेको हो। शनिबार दिउँसो उनी हेलिकोप्टर चढेर आफ्नो नगरपालिका कटहरिया आइपुगेको हुन् । काठमाडौंबाटै हेलिकोप्टरमा मेयर कुश्वाहसँगै प्रतिनिधिसभा संसद तथा नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साह, प्रदेशसभा सदस्य कुन्दन कुश्वाह समेत रौतहट आएका थिए। 

 

अभिभावकविहीन बनेको नगरपालिकाले न्याय पाएको र आगामी दिनमा कटहरिया नगरपालिकाले विकासको गति लिने संसद साहको भनाइ थियो ।  नगरपालिका तथा वडा कार्यालयहरुमा समेत विदा दिइएको प्रशासकीय अधिकृत उदय प्रसाद देवकोटाले जानकारी दिए । यो खबर आजको अन्नपुर्ण पोस्टबाट लिइएको हो ।

 

जन्मकैद

विशेष