प्रधानमन्त्री ओलीका सल्लाहकारको दबाबमा बिनाप्रतिस्पर्धा हुवावेलाई ठेक्का
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ निर्माण गर्ने ठेक्का बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनी हुवावेलाई दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र अवैतनिक सूचना प्रविधि सल्लाहकार अस्गर अलीको मिलेमतो र दबाबमा सरकारले हुवावेलाई यो ठेक्का दिएको हो ।
सार्वजनिक खरिद ऐन र नियमविपरीत यही पुस ६ गते हुवावेको बिचौलिया कम्पनीसँग सोझै वार्ता गरेर यो ठेक्का दिइएको हो। हुवावेको बिचौलिया कम्पनी चाइना कम सर्भिसेस (सिसिएस)ले ५ करोड ४२ लाखमा ‘भिडिओ कन्फेरेन्सिङ सिस्टम’ निर्माण ठेक्का पाएको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले बतायो ।
पदीय हैसियत दुरुपयोग गर्दै व्यवसाय प्रवर्द्धन गर्ने काममा लागेका प्रधानमन्त्री ओलीका अवैतनिक सूचना प्रविधि सल्लाहकार अलीको स्वार्थमा उक्त कामको ठेक्का हुवावेलाई दिइएको हो । यस कार्यमा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमालको पनि साथ र सहयोग रहेको स्रोतको दाबी छ । यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।
मन्त्रिपरिषद् कार्यालय