News अपराध सुरक्षा

सशस्त्रका आइजीपीसँग आठ र अनुसन्धानका प्रमुखसँग पाँच गाडी

अनुसन्धान प्रमुखका श्रीमती र छोरीलाई पनि गाडी

सशस्त्रका आइजीपीसँग आठ र अनुसन्धानका प्रमुखसँग पाँच गाडी

काठमाडौं । सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालले राज्यकोषबाट किनेका ८ गाडी प्रयोग गर्दै आएका छन् । उनले बा२झ ११७४, बा १झ ६०९१, बा१झ ८२६६, बा२झ ३६८, बा२झ ११७१, बा२झ २३९१, बा१झ ६६१३ र बा१झ ९१४३ नम्बरको गाडी प्रयोग गर्छन् । यी सबै गाडीमा इन्धन, मर्मत, चालक खर्च सरकारले व्यहोर्दै आएको छ । 

 

त्यस्तै, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलीपराज रेग्मीले राज्यकोषबाट किनिएका पाँच गाडी प्रयोग गर्दै आएका छन् । बा१४च ३२०९, बा५च २२६४, बा८च ७१९०, बा१०च ३९२० र बा७च १८४८ नम्बरका गाडी रेग्मीले भोगचलन गर्दै आएका छन् । यीमध्ये बा१०च ३९२० नम्बरको उनकी छोरी र बा७च १८४८ नम्बरको श्रीमतीले चढ्दै आएका छन् । 

 

त्यस्तै, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालय र निवासमा परिचालन भएका २० गाडीको सूचीसहितको समाचार नयाँ पत्रिकाले यसअघि नै प्रकाशित गरिसकेको छ । यो खबर आजको नयाँ पत्रिकाबाट लिइएको हो ।

सशस्त्र प्रहरी

विशेष