दोस्रो विश्वयुद्धका सबैभन्दा वृद्ध योद्धाको एक सय १२ वर्षको उमेरमा निधन
एजेन्सी । अमेरिकाका सबैभन्दा वृद्ध व्यक्ति एवं दोस्रो विश्वयुद्धका सबैभन्दा वृद्ध योद्धा मानिने रिचर्ड ओवर्टनको एक सय १२ वर्षको उमेरमा निधन भएको छ । उनको गत शुक्रबार निधन भइएको हो ।
सन् १९०६ मा जन्मिएका ओवर्टनले काला जाति भएका सेनाको इकाईमा तीन वर्षसम्म काम गर्नुका साथै उनी युद्धका बेला प्रशान्त क्षेत्रमा युद्ध संचालन एवं समुन्द्र तटमा ल्याण्डिङ गराउनेजस्ता अभियानमा समावेश भएका थिए ।
ओवर्टन ३० वर्षको हुँदा आफ्नै मर्जीले सेनामा भर्ती भएका थिए । उनले सन् १८८७ औं इन्जिनियर एभिएशन बटालियनमा पनि आफ्नो सेवा दिएका थिए । तर सन् १९४१ मा जापानको पर्ल हार्बरमा आक्रमण भएपछि उनी यो पदमा धेरै समयसम्म रहन सकेनन् ।
ओवर्टन आफ्नो लामो जीवनको श्रेय भगवानलाई दिने गर्दथे साथै उनले यसमा सिगार र रक्सीको समेत भूमिका रहेको बताएका थिए । एक स्थानीय टेलिभिजनलाई उनले भनेका थिए, ‘म १८ वर्षको हुँदादेखि सिगार पिइरहेको छु । म अहिले एक दिनमा १२ वटा सिगार पिउँछु ।’
उनले आफ्नो जीवनको धेरैजसो समय अस्टिनमा बिताए र गत वर्ष उनको १११ औं जन्मदिनमा अस्टिन सिटी काउन्सिल स्ट्रिटको नाम परिवर्तन गरेर रिचर्ड ओवर्टन एवेन्यू राखिएको थियो जहाँ उनले ७० वर्ष बढी समय बिताएका थिए ।
टेक्ससका गभर्नर ग्रेग एबटले उनको अन्त्यष्टि कार्यक्रममा भावविभोर हुँदै भने, ‘उनको तीक्ष्ण दिमाग र दयालु स्वभावले धेरैलाई प्रभावित गर्यो । मैले उनलाई चिन्ने मौका पाएको अत्यधिक सम्मानित महसुस गरिरहेको छु ।’ उनलाई सन् २०१३ मा तत्कालीन राष्ट्रपति बराक ओबामाले भेटरन डेमा सम्मानित गरेका थिए ।
मृत्यु