News ओटोमोबाइल

सार्वजनिक यातायातमा अब सरकारको ५ प्रतिशत शेयर  

सार्वजनिक यातायातमा अब सरकारको ५ प्रतिशत शेयर  

काठमाडौं । सार्वजनिक यातायात क्षेत्र सुधारका लागि अब सरकारको कम्तिमा ५ प्रतिशत शेयर अनिवाश्य हुनुपर्ने माग उठेको छ । आज राजधानिमा बसेको विकास समितिको बैठकमा बोल्दै सांसद टेक बहादुर बस्नेतले यस्तो धारण व्यक्त गरेका हुुन् । 

 

सार्वजनिक यातायातमा न्यूनतम ५ प्रतिशत सरकारको स्वामित्व रहदा निजी क्षेत्रले आफुखुशी मनलाग्दी गर्न नपाउने र यातायात क्षेत्र सुधार हुने उनको भनाई छ । उनले भने, ‘सबै क्षेत्र निजीकरण हुदा देशले दुःख पाईरहेको छ । अब यसको क्रमशःनिराकण गर्दै जानुपर्छ ।’

 

बैठकमा बोल्दै अर्का सांसद गौरिशंकर चौधरीले  फुटपाथमा पार्किङ गर्ने सवारी र व्यवसायीहरुलाई समेत तत्काल कारवाही गर्नु पर्ने धारणा राखेकी छिन् ।

फुटपात पैदलयात्रीहरुका लागि मात्र भएकाले कुनै व्यापार, व्यवसायी र पार्कीङका लगि नभएको बताउदै त्यस्तो क्रियाकलापमा लाग्ने जोकोहीलाई तत्काल कारबाही हुनुपर्ने बताईन् । उनले भनिन्, ‘ फुटपाथ मिच्नेलाई तत्काल कारवाही हुनुपर्छ ।’ 

 

सांसद चौधरीले जेब्राक्रसिङको उचित प्रयोग हुन नसकिरहेको अवस्थामा त्यसको व्यवस्थापनमा समेत संवन्धित निकायले तदारुकता देखाउनु पर्ने बताएकी छिन् । त्यस्तै ट्याक्सी चालकको मनलाग्दी भाडा असुल्ने परिपाटीको समेत अन्त्य हुनुपर्ने चौधरीले जोड दिएकी छिन् ।

 

बैठकमा ट्राफिक नियमको कडाईका साथ पालना गराउन सोही प्रकृतिको ऐन नियम ल्याउन समेत माग गरिएको छ । 
अतिरिक्त प्रहरी महानिरिक्षक पुस्कर कार्कीले ट्याक्सी चालकहरुले तोकेभन्दा बढी भाडा लिए वा ट्राफिक नियम ५ पटकभन्दा बढी मिचेमा ६ महिनासम्मका लागि लाइसेन्स खारेज गर्ने नियम ल्याउन माग गरे । 

 

आज बसेको बैठकले क्षमताभन्दा बढी यात्रु राखेर चलाउने सवारीसाधनलाई कारबाही गर्नका लागि ठाउँ ठाउँमा चेकिङको व्यवस्था गर्न समितिले सम्बन्धीत निकायलाई निर्देशन दिएको छ भने, दुर्घटना न्यूनीकरणका लागि प्रस्ट देखिने संकेत बोर्ड ठाउँ ठाउँमा राख्न ट्राफिक प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइएको छ । 

त्यसैगरी लामो दुरीका सवारीसाधनमा अनिर्वाय २ जना सवारीचालकको व्यस्था गर्न मन्त्रालय तथा प्रहरी कार्यलयलाई निर्देशन दिएको छ ।

सार्वजनिक यातायात

विशेष