मालपोत प्रमुखद्वारा कार्यालय परिसरमै कुखुरापालन !
रामेछाप । मालपोत कार्यालय रामेछापका प्रमुख बद्रीराज ढकालले कार्यालय परिसरमै कुखुरापालन गर्दै आएका छन् । कार्यालयमा हाजिर भएदेखि नै ढकालले व्यक्तिगत लाभका लागि कुखुरापालन गरेका हुन् ।
कार्यालय प्रमुखले कार्यालयको काममै अवरोध पुग्ने गरी कुखुरापालन गरेकोप्रति सेवाग्राहीले असन्तुष्टि व्यक्त गरेका छन् । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
कुखुरापालन बद्रीराज ढकाल मालपोत कार्यालय रामेछाप