निर्मला हत्यामा संलग्न जोसुकै भए पनि छाडिँदैनः आइजिपी खनाल
कञ्चनपुर । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मलाको हत्यामा संलग्न जोसुकै भए पनि नछाडिने बताएका छन् । महानिरीक्षक खनालले अनुसन्धानको कार्य कसैको दबाब, प्रभावमा नपरी निष्पक्षरुपमा अगाडि बढेको बताए। शंकाको घेरामा आएका सानाठूला सबैलाई अनुसन्धानको दायरामा ल्याइने उनले बताए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा महिला अधिकारकर्मीसँग आइतबार छलफल गर्दै खनालले दोषी उम्कन नपाउने बताए । यस घटनालाई निकै गम्भीररुपमा लिएको चर्चा गर्दै उहाँले निकै गहनरुपमा अनुसन्धान भइरहेको बताए ।
प्रहरीको उच्चस्तरीय छानविन समितिले दोषी देखाइएका प्रहरीलाई कारवाहीको दायरामा ल्याउने उनले बताए । प्रतिवेदन अध्ययनपछि केहीलाई विभागीय कारवाही भएको छ उनले भने, ‘केहीलाई कारवाही प्रक्रिया अगाडि बढाउने कार्य अघि बढेका छन् ।’
महानिरीक्षक सर्वेन्द्र खनाल