विदेश

बंगलादेश निर्वाचनः शेख हसिना तेस्रो कार्यकालका लागि निर्वाचित

बंगलादेश निर्वाचनः शेख हसिना तेस्रो कार्यकालका लागि निर्वाचित

बीबीसी । बंगलादेशको निर्वाचन आयोगले प्रधानमन्त्री शेख हसिनाको आवामी लिग पार्टीले आम निर्वाचनमा विजय हासिल गरेको बताएको छ। बंगलादेशको निर्वाचन आयोगले प्रधानमन्त्री शेख हसिनाको आवामी लिग पार्टीले आम निर्वाचनमा विजय हासिल गरेको बताएको छ।

 

यो जित सँगै उनी तेस्रो कार्यकालको लागि प्रधानमन्त्री बन्ने भएकी छन्। प्राप्त परिणाम अनुसार सत्तारुढ दलले संसदको तीनसयभन्दा बढी सिटमध्ये २८७ सिटमा विजय हासिल गरेको छ।

ताजा निर्वाचनको माग

मुख्य विपक्षी दल न्याश्नल युनिटी फ्रन्टले ६ सिट मात्र जितेको छ। त्यो दलले आइतवार भएको चुनाव नाटक जस्तो र धाँधलीयुक्त भएको भन्दै स्वतन्त्र निकायको अधिनमा ताजा चुनाव हुनु पर्ने माग गरेको छ। विपक्षी गठबन्धनका एक नेता कमल होसेनले भने ‘झन्डै १०० जना उम्मेदवारले चुनाव बहिष्कार गरेका छन्। त्यसैले हामी निर्वाचन आयोगलाई नाटक जस्तो मञ्चन गरिएको निर्वाचनको परिणाम रद्द गर्न आग्रह गर्दछौँ।’

 

उनले चुनावमा व्यापक धाँधली भएको आरोप लगाएका छन्। तर शेख हसिनाको सरकारले ती आरोप अस्वीकार गरेको छ। रोयटर्स समाचार एजेन्सीका अनुसार बंगलादेश निर्वाचन आयोगले देशभरीबाट धाँधलीका आरोपहरू आएको र उसले त्यसबारे अनुसन्धान गर्नेछ।

 

सत्तारुढ दल र विपक्षी दलका समर्थकबीच भएका झडपमा कम्तीमा १७ जनाको ज्यान गएको बताइएको छ। शेख हसिनाको सत्तारुढ दल आवामी लिग सन् २००९ देखि बांग्लादेशको सरकारमा छ। विपक्षी दलहरूमध्येको एउटाले उसले भरिएको मत पेटिका प्रयोग गरेको आरोप लगाएको छ। बंगलादेश न्याश्नल पार्टीका प्रवक्ताले मतपरिणाममा अनियमितता भएको आक्षेप लगाएका छन्। 

 

बीबीसी सम्वाददाताले मतदान केन्द्रहरू खुल्नुपूर्व बन्दरगाह शहर चित्तगंगको मतदान केन्द्रमा मतले भरिएका बाकसहरू देखेका थिए। 

शेख हसिना बंगलादेश

विशेष