News

घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोधन गाउँपालिकामा प्राविधिक शाखाका कार्यरत इञ्जिनीयर कपिल आचार्य र सवइञ्जिनीयर लक्ष्मण ढुङ्गानालाई सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ । सेवाग्राहीको पुरानो भवनको नक्सा पास गरिदिने र अभिलेखीकरण गरिदिने भन्दै उहाँहरुले रु ८० हजार घुस लिएको आयोगको दाबी छ । 

 

आयोगले उनीहरुलाई सोही गाउँपालिका–४ बाट यही पुस १३ गते नियन्त्रणमा लिइएको भए पनि आवश्यक छानबिन पछि आज मात्रै सार्वजनिक गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । 

घुस इञ्जिनीयर पक्राउ

विशेष