News

१८ वर्षमुनिकाले डिस्को बार दोहोरीमा जान नपाउने

१८ वर्षमुनिकाले डिस्को बार दोहोरीमा जान नपाउने

काठमाडौं । प्रहरीले १८ बर्षभन्दा कम उमेरका बालबालिकालाई केही मनोरञ्जनस्थल प्रवेशमा कडाई गर्ने भएको छ ।

 

 प्रहरीले बालबालिकासम्बन्धी ऐन ०७५ लार्य कडाईका साथ लागु गर्न थालेपछि काठमाडौंका मनोरञ्जनस्थल डिस्को, पव, दोहोरी साँझ, लाउन्ज बार मा १८ बर्ष भन्दा कम उमेरकाले प्रवेश गर्न नपाउने भएका छन् ।

 

अब डिस्को, पब, दोहोरी साँझ या लाउन्ज बार जान चाहनेले अनिवार्य रुपमा उमेर खुल्ने कागजात सँगै बोक्नुपर्नेछ । सोही कागजातका आधारमा मनोरञ्जनस्थल सञ्चालकले उनीहरुलाई प्रवेश गर्न दिनेछन् ।

 

कुनै सञ्चालकले कानुन् मिचेर कसैलाई छिराए प्रहरीले पक्राउ गरी कानुनबमोजिम कारबाही गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

विशेष