News समाज

काठमाडौंबाट १३ जुवाडे नगद सहित पक्राउ 

काठमाडौंबाट १३ जुवाडे नगद सहित पक्राउ 

काठमाडौं । काठमाडौंको जोरपाटीस्थित एक गेस्ट हाउसबाट प्रहरीले १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।

 

 

काठमाडौं महानगरपालिका–६ नयाँबस्तीमा सञ्चालित पूर्वेली गेष्ट हाउसमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच लाख ३१ हजार नगद सहित उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द नेतृत्वको प्रहरी टोलीले १६ थान कौडासहित राति साढे १० बजे उनीहरुलाई पक्राउ गरेको हो । । 

 

पक्राउ पर्नेमा बारा स्थायी घर भई काठमाडौं बस्ने ४२ वर्षीय राजकुमार तिवारी, काभ्रे घर भई काठमाडौं बस्ने ३४ वर्षीय केशव नेपाल, उदयपुर घर भई काठमाडौं बस्ने ३० वर्षीय मानबहादुर मगर, सिन्धुपाल्चोक घर भई काठमाडौं बस्ने ३६ वर्षीय विशाल सुनारलगायत छन्।

 

 

पक्राउ परेकाहरुलाई जुवा ऐन अनुसार मुद्दा चलाउने तयारी भइरहेको नायव उपरीक्षक चन्दले जानकारी दिएका छन्।  

विशेष