News समाज

न्याय माग्दै प्रहरीकै गाडीमा टाँसियो निर्मला अंकित पोस्टर 

न्याय माग्दै प्रहरीकै गाडीमा टाँसियो निर्मला अंकित पोस्टर 

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तलाई न्याय माग्दै प्रहरीकै गाडीमा पोस्टर टाँसेको छ।

 

 

‘सरकार भेटियो न्याय भेटिएन’ लेखिएको पोस्टर  काठमाडौंको प्रर्दशनीमार्गस्थित आरआर क्याम्पस नेविसंघ इकाइले प्रहरीको गाडीमा टाँसेका हुन्। नेविसंघले प्रहरीको बा २ झ १४७ नम्बरको भ्यानमा पोस्टर टाँसेका थिए।

 

नेविसंघ आरआर इकाइका सभापति सञ्जिव ढकालको नेतृत्वले मंगलबार बिहान क्याम्पसको मुलगेट अगाडि, प्रदर्शनीमार्ग, पुतलीसडक, भृकुटीमण्डपमा निर्मलालाई न्याय माग्दै पोस्टर टाँसेका थिए।

घटना भएको चार महिना बितिसक्दा पनि सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन । 

विशेष