News

सेना र प्रहरीको पोशाक खरिदमा अनियमितता, छानबिन सुरु

सेना र प्रहरीको पोशाक खरिदमा अनियमितता, छानबिन सुरु

काठमाडौं । सुरक्षा निकायको पोशाक खरिदमा अनियमितता भेटिएपछि महालेखा परीक्षकको कार्यालयले छानबिन सुरु गरेको छ ।

 

महालेखाले नेपाली सेना, नेपाल प्रहरी र सश्स्त्र प्रहरीबलको लत्ताकपडा खरिद अपारदर्शी र सार्वजनिक खरिद ऐनविपरीत भेटिएपछि छानबिन सुरु गरेको हो । 

 

आव २०७४÷०७५, २०७३÷०७४ र २०७२÷७३ को पोशाक खरिदका विषयमा छानबिन भइरहेको महालेखाले जनाएको छ । 

 

हरेक वर्ष सुरक्षाकर्मीले बुट, चुस्ता, ट्राउजर, ज्याकेटलगायत मौसमअनुसारका आधादर्जन लत्ताकपडा पाउनुपर्ने व्यवस्था रहेको छ। 

 

तर, खरिदमा हिनामिना र ठेककेदारले शर्तअनुसार सामान उपलब्ध नगराउँदा तिनवटै सुरक्षा निकयका सदस्यले सरकारले तोकेअनुसार लत्ताकपडा पाउन सकेका छैनन्। यो समाचार कारोवार दैनिकबाट लिइएको हो । 

अनियमितता प्रहरीको पोशाक सेनाको पोशाक

विशेष