विदेश

पाकिस्तानी प्रधानमन्त्रीलाई ट्रमलाई पठाए पत्र

पाकिस्तानी प्रधानमन्त्रीलाई ट्रमलाई पठाए पत्र

इस्लामावाद । अफगानिस्तानको युद्ध अन्त्यका लागि वार्ताको पहल गरिदिन आग्रह गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र पठाएका छन् ।

 

पाकिस्तानका विदेश मन्त्रीले सोमबार दिएको जानकारी अनुसार ट्रम्पले अफगानिस्तानको समस्या समाधानका लागि पत्रमा विषेश चासो व्यक्त गरेका छन् ।

 

अफगानिस्तानमा १७ बर्षदेखि जारी द्वन्द्व अन्त्य गर्न शान्ति वार्ता मार्फत् प्रभावकारी कदम चाल्न पनि अमेरिकाले आह्वान गरेको छ । 


पत्रमा ट्रम्पले अफगानिस्तान समस्या समाधान गर्ने विषयलाई आफुले अत्यन्त महत्वपूर्ण रुपमा लिएको र प्राथमिकतामा पारेको पनि जानकारी दिएका छन् ।

 

“यो कामको लागि पाकिस्तानले महत्वपूर्ण भूमिका र सहयोग गर्न सक्दछ, त्यो अपेक्षा गरिएको छ,” ट्रम्पले पठाएको पत्रमा लेखिएको छ । 


ह्वाइट हाउसले अफगानिस्तानका तालिवान लडाकूहरुलाई पाकिस्तानको आन्तरिक सेवा गुप्तचर निकाय र अन्य सैन्य निकायहरुले सहयोग गर्दै आएको ठानेको छ । 


भारतलाई दवावमा पार्नका लागि पाकिस्तानले अफगानी तालिबान लडाकूलाई सयोग गरेको अमेरिकाको बुझाई रहेको बताउने गरिन्छ । एजेन्सी

डोनाल्ड ट्रम्प इमरान खान

विशेष