विदेश

फुटबल खेलाडी बोकेको बस दुर्घटना, एकजनाको मृत्यु

फुटबल खेलाडी बोकेको बस दुर्घटना, एकजनाको मृत्यु

वासिङ्टन । अमेरिकाको दक्षिणी राज्य अकान्सामा युवा फुटबल खेलाडीहरूको टोली लिएर हिँडिरहेको बस सोमबार दुर्घटना हुँदा बसमा यात्रारत एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

 

प्रहरीका अनुसार बसमा करिब ४० जना रहेका र अधिकांश बालबालिका रहेका थिए । 

 


टेक्सासको डल्लास शहरबाट युवा समूहको प्रतिस्पर्धामा सहभागी भै टेनिसीको मेम्फिसतर्फ गइरहेका वेला बस अर्कान्साको बेन्टनमा नियन्त्रण गुमाउँदा सडकमा पल्टिन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको बताइएको छ । 

 


अर्कान्सा राज्यको प्रहरीले आफ्नो फेसबुक पोष्टमा घटनाबारे जानकारी दिँदै भनेको छ, ‘बस दुर्घटनामा एक बालकको मृत्यु भएको र अधिकांश बालबालिकासहित कम्तीमा ४० जना घाइते भएका छन् ।’

 


‘घाइतेहरू सबैको लिटिल रक र बेन्टनस्थित स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।’ 
बस चालक जीवित रहेको र दुर्घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । एजेन्सी

बस दुर्घटना वासिङ्टन

विशेष