मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका– ६ उर्लाबारी–मधुमल्ला सडकखण्डमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
को१९प ४४७५ नं को मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार उर्लाबारीका २५ वर्षीय अमित धिमालको मृत्यु भएको हो ।
गम्भीर घाइते अमितको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
गम्भीर घाइते मोटरसाइकल चालक ३० वर्षीय बोरिस धिमालको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
मोटरसाइकल दुर्घटना