News

दुर्घटना गराएर फरार चालक पक्राउ

दुर्घटना गराएर फरार चालक पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले मंसिर १२ गते दुर्घटना गराएर फरार रहेका चालकलाई सोमबार पक्राउ गरेको छ । 

 

 

परिसरको टोलीले मङ्सिर १२ गते बिहान ४ बजे कञ्चनपुर घर भई कीर्तिपुर बस्ने १९ वर्षीय जीवन सिंहलाई टेकुमा ठक्कर दिई फरार रहेका चालक काभ्रेका ३६ वर्षीय कुमार श्रेष्ठलाई काभ्रेबाट पक्राउ गरेको हो । 

 

परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीका अनुसार हत्या गरेर फरार रहेका श्रेष्ठलाई बा१५च ३२९३ नं को ओमिनो कार्गो भ्यानसहित काभ्रेबाट पक्राउ गरिएको हो । उनलाई भ्यान लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको हो । 

 

सवारीसाधनको ठक्करबाट मृत्यु भएका सिंह नेपाल प्रहरीका हवल्दार चक्रबहादुर सिंहका छोरा हुन् । चक्रबहादुरको द्वन्द्वकालमा २०५८ सालमा माओवादी आक्रमणबाट अछाम सदरमुकाम मङ्गलसेनमा निधन भएको थियो । 

चालक पक्राउ

विशेष