News

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एकजना पक्राउ 

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एकजना पक्राउ 

काठमाडौं ।  प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट अवैध रुपमा ल्याउँदै गरेको सुनसहित एकजनालाई पक्राउ गरेको छ ।

 

 

 

विमानस्थल सुरक्षामा खटिएको टोलीले तीन थान सुनको बालासहित धनुषा गणेशमान नगरपालिका–४ का वशकिल महमदलाई सोमबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका महमदबारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

महानगरीय प्रहरी प्रभाग बलम्बुले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले चन्द्रागिरि नगरपालिका–१२ बालकुमारी सडकखण्डमा हिँडिरहेको अवस्थामा जाँचका क्रममा लागुऔषधसहित काभ्रेका मनोज रिमाललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

 

 

महानगरीय कार्यालय रानीपोखरीका प्रवक्ता पुजा सिंहले झोलामा लुकाएर सडकमा हिँडिरहेको अवस्थामा ४६ एम्पुल नुर्फिन, ४६ एम्पुल फेनार्गन र ४६ एम्पुल डाइजेल्याव बरामद गरेको जानकारी दिए । 


 

विशेष