News खेल

ए डिभिजन लिग : मनाङको अपराजित यात्रा कायमै गर्न पेनाल्टी निर्णायक

ए डिभिजन लिग : मनाङको अपराजित यात्रा कायमै गर्न पेनाल्टी निर्णायक

काठमाडौं  शहीद स्मारक ए डिभिजन लिगमा बुधबार भएको खेलमा मनाङ मर्स्याङदीले जित हात पारेको छ ।

 

 

सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले जावालाखेलमाथि एक शून्यको संघर्षपूर्ण जित हात पारेको हो । छटा्रैं जित दिलाउने क्रममा मनाङका लागि पेनाल्टीमा अञ्जन विष्टले गोल गरे । 

 

 

निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीबाट पहिलो हाफमा कुनै गोल हुन सकेन । पहिलो हाफमा मनाङले सुरुवाती १२ मिनेटमा गोलका तीन अवसर गुमाएको थियो ।  सातौं मिनेटमा बिशाल राइको फ्रि किकलाइ जावालाखेलका गोलकिपर सागर श्रेष्ठले पन्च गरेका थिए ।त्यसै बलमा अन्जन बिस्टले गरेको सशक्त प्रहारमा सागर नै बाधक बने । लगत्तै अडेलाजा सोमिदीको प्रहारलार्इ पनि गोलकिपरले रोकिदिए । त्यसपछि खेलेको १२ औं मिनेटमा हेमन गुरुङको प्रहारलार्इ सागरले बचाएपछि मनाङ गोल गर्नबाट चुकेको थियो । 

 

 

 

दोस्रो हाफको ६० औं मिनेटमा जावालखेलका एडामा दुम्बियाल अफिज ओलावालेलार्इ डिबक्समा लडाएपछि मनाङले पेनाल्टीको अवसर पायो । पेनाल्टी पाएको मनाङका लागि अञ्जन बिष्टले गोल गरे ।

खेलको ७२  औंं मिनेटमा मनाङले अर्को गोलको अवसर पाए पनि त्यो सफल हुन सकेन । खेलको अन्तिममा समयमा भने  जावालाखेलले मनाङलाइ दबाबमा राखेको थियो ।

 

 

सात मिनेट थप गरिएको इन्जुरी समयमा जावाखेलले मनाङलाई दबाबमा राख्दै दुई गोलको अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन । सुसिल कुमार यादवको प्रहारको उत्कृष्ट बचाउ गर्दा विशाल श्रेष्ठ घोइते हुदै मैदान बाहिरिएका थिए ।

जारी लिगमा अपराजित रहेको मनाङ  ६ खेलबाट १८ अंक बनाउदै लिगको शीर्ष स्थानमा कायमै रहेको छ । जावालाखेलको भने प्रतियोगिामा यो चौथो हार हो । लिगमा  अहिले  हिमालयन  शेर्पा र च्यासल युथ क्लब तथा सरस्वती थ्रि स्टार  बीच खेल भइरहेको छ  ।

विशेष