१८० पटक उठबस गराउँदा विद्यार्थी बेहोस !
प्युठान । प्युठानस्थित कालीदेवी मावि कक्षा ८ का विद्यार्थी दर्शन गौतम तीन दिन स्कुल आएन ।
मंगलबार आए तर, असहज मान्दै । कारण खोतल्दा थाहा भयो— गणित शिक्षक बज्रकिशोर शाहले गृहकार्य नगरेको भन्दै उनलाई १८० पटक उठबस गर्न लगाएछन् ।
१५० पल्टसम्म उठबस गरेका दर्शन त्यसपछि बेहोस भए । यो थाहा पाएलगत्तै प्रधानाध्यापक ठाकुर भलामा दौडदै पुगे ।
कसैले दर्शनलाई हम्किन थाले, कसैले पानी छम्किए । झन्डै आधा घण्टापछि उनको झन्डै उनको होस फिर्यो ।हाफ छुट्टीमा दर्शनलाई नजिकैको स्वास्थ्यचौकी लगियो ।
विद्यालयले घटना गुपचुप राख्न खोज्यो । अभिभावकलाई जानकारी नै गराएन । होमवर्क नगरेकामा सजाय पाएकाले दर्शनले घरमा पनि केही भन्ने आँट गरेनन् ।
बाबु कुटनाथले भोलिपल्ट छोराको साथीबाट यसबारे थाहा पाए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
विद्यार्थी बेहोस