News राजनीति

प्रधानमन्त्रीले पुरस्कार फिर्ता नगरे तरुण दलले आन्दोलन गर्ने

प्रधानमन्त्रीले पुरस्कार फिर्ता नगरे तरुण दलले आन्दोलन गर्ने

काठमाडौं। प्रमुख प्रतिपक्षी कांग्रेस भ्रातृ संगठन नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपीएफले दिएको १ लाख डलरको पुरस्कार फिर्ता गर्न आग्रह गरेको छ ।

 

तरुणले मंगलबार विज्ञप्ति जारी गर्दै विवादास्पद संस्थाले दिएको पुरस्कार ग्रहण गरेकोप्रति आपत्ति जनाउँदै फिर्ता गर्न आग्रह गरेको हो ।

 

प्रधानमन्त्री ओलीले विवादास्पद संस्थाले दिएको रकम फिर्ता नगरे देशव्यापी आन्दोलन गर्नेसमेत तरुण दलले चेतावनी दिएको छ । 

 

ओलीले मन्त्रिपरिषद्को स्वीकृतिबिना पुरस्कार ग्रहण गर्नु कानुनविपरीत रहेको तरुण दल महासचिव भूपेन्द्रजंग शाहीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

 

तरुण दलले कुनै पनि संस्थाबाट बिनाकारण पुरस्कारका नाममा यति ठूलो रकम ग्रहण गर्नु खुला कमिसन र भ्रष्टाचार भएको आरोप लगाएको छ । 

 

दलले कार्यक्रमको नाममा भएको खर्च पनि छानबिन गर्न सरकारसँग माग गरेको छ । यो समाचार राजधानी दैनिकबाट लिइएको हो । 

नेपाल तरुण दल प्रधानमन्त्री केपी शर्मा ओली

विशेष