विदेश

श्रीलंकाका पूर्वप्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई हिटलर नबन्न सुझाव

श्रीलंकाका पूर्वप्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई हिटलर नबन्न सुझाव

कोलम्बो । छ हप्ता पहिले पदच्युत गरिएका श्रीलङ्काका पूर्व प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हिटलरसँग तुलना गर्दै देशको राजनीतिक संकट नबढाउन सुझाव दिएका छन्न । 

 


विक्रमासिङ्गेले उक्त भनाई देशका राष्ट्रप्रमुखलाई सङ्केत गरी यहाँको प्रधानमन्त्रीको सरकारी कार्यालयबाटै आएको हो ।

 

प्रधानमन्त्रीबाट बर्खास्त गरिएपनि उनले आफु यहाँको संसदले चुनेको प्रधानमन्त्री भएको दावी गर्दै सरकारी निवास भने छोड्न मान्नुभएको छैन । 

 


विक्रमासिङ्गेले भने, ‘मैले संसदमा बहुमत पुष्टि गरेकाले राष्ट्रपतिले मलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गर्नुको विकल्प छैन ।’
 


‘मैले राष्ट्रपतिलाई संविधानलाई मिचेर हिटलरजस्तो नबन्न आग्रह गरेको छु । हामीले उहाँलाई संबिधान मिचेर अघि बढ्न दिने छैनौँ ।’

 

राष्ट्रपति सिरिसेनाले विक्रमासिङ्घेलाई वर्खास्त गरी पूर्व राष्ट्रपतिसमेत रहेका महिन्दा राजापाक्षलाई प्रधानमन्त्री नियुक्त गरेपछि पनि उनको पक्षमा संसदमा बहुमत नहुँदा प्रधानमन्त्रीका रूपमा काम गर्न सकेका छैनन् । एजेन्सी 

रनिल विक्रमासिङ्गे मैत्रीपाला सिरिसेना

विशेष