अख्तियारका पूर्वप्रमुखका छोराले किने ६७ करोडमा होटल
काठमाडौं । घरमा नोट छाप्ने मेसिनै भएजसस्तो अचम्मसँग पैसा ओइरिने निर्वतमान संवैधानिक अंगका पदाधिकारीको छोरासँग जोडिएको कथा हो यो ।
नक्साल व्यांक्वेटको जग्गा भाडा नवीकरण गर्दादेखि सम्पत्ति शुद्धिकरणमा परेका एजना तिब्बती व्यापारीको सम्पत्ति खाइदिनेसम्मको खेलो छ । लाजिम्पाटस्थित होटल ग्याङजोङ एजना भोटे नागरिकको स्वामीत्वमा थियो । दुई महिनाअघि अख्तियारको पूर्वप्रमुख आयुक्त दीप बस्न्यातका छोरा कमलले विवादास्पद म्यानपावर व्यवसायी भीम रोक्कासँग मिलेर ६७ करोडमा उक्त होटल खरिद गरेका छन् ।
लाजिम्पाटको सबभन्दा बढी मानिस आवातजावत हुने, भिभिआइपी निवास र भारतीय दूतावासको आडैमा रहेको अर्थात प्राइम लोकेसनको चार रोपनी क्षेत्रफलमा छ उक्त होटल ।
४४ कोठे होटल उनीहरुले चुत्थो दाममा हात पारेका हुन् । भीम मलेसिया कामदार पठाउँदा बायोमेट्रिक प्रणालीको तीन अर्ब घोटाला अभियोगमा राम श्रेष्ठसँगै समातिएका थिए । राम थुनामा गए, भीम उत्तिनैखेर छुटे । युरोपियन युनियनछेउ नारायहिटीको उत्तरढोकास्थित जमिन पनि खरिद गरेका छन् । नक्सालको नारायणचौर र बूढानिलकण्ठमा यहि किसिमले जमिन हत्याइसकेका छन् ।
महाराजगञ्जमा सञ्चालित याक्का ओभरसिजका सञ्चालक हुन् । प्रश्न उठेको छ, दीप बस्न्यातका छोरासँगको साझेदारी र लगानीमा भइरहेको अकुत सम्पत्तिको चलखेलमाथि सरकारले छानविन गर्छ कि गर्दैन ? दीप अख्तियार प्रमुख हुँदा र लोकमानकै पालादेखि विभिन्न व्यक्तिलाई पुर्जी काटिएको र त्यसरी गएको पत्र बीचमै खिचिएको अनगिन्ती घटना छन् । तिनमा आर्थिक मामलिा अगाडि सार्दै कमलसँग सक्रिय हुने खेलका पार्टनर पनि हुन् भीम ।
यो समाचार जनआस्था साप्ताहिकबाट लिएका हौं ।