बाँदरको आक्रमणबाट महिला घाइते

पर्वत । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङस्थित घाहाखेतमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् ।
स्थानीय ४० वर्षीया लक्ष्मी जैसी मङ्गलबार बाँदरको आक्रमणबाट घाइते भएकी हुन् । घरभित्र अन्नपात खानका लागि पसेका बाँदर लखेट्ने क्रममा उनलाई बाँदरले आक्रमण गरेको हो ।
जैसीको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचार भइरहेको स्थानीयवासी झलक आचार्यले जानकारी दिए ।
बाँदरले दुःख दिन थालेपछि स्थानीयवासीले बाँदर नियन्त्रणका लागि प्रशासन र स्थानीय गाउँपालिलाई गुहार्दै आएका छन् ।
पर्वत जलजला गाउँपालिका