News

विद्युत चोरी गर्ने आठजना पक्राउ

विद्युत चोरी गर्ने आठजना पक्राउ

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट विद्युत् चोरी गरेको आरोपमा मङ्गलबार आठ जनालाई पक्राउ गरेको छ । 

 

नेपाल विद्युत् प्राधिकरण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको संयुक्त अनुगमन टोलीले विद्युत्को पोलमा अंकुशलगाई विद्युत् चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको विद्युत् प्राधिकरण कार्यालयका प्रमुख चन्द्रनारयाण साहले बताए । 

 

छिन्नमस्ता गाउँपालिका–१ का प्रदीप राय, सैनिक राय, रीतानन्द राय, कमलेश राय, देवनारायण राय, रामधन खंग, वडा नं ५ का प्रल्हाद दास र वडा नं ७ का जामुन रायलाई पक्राउ गरिएको हो ।

 

पक्राउ गरिएकालाई विद्युत् ऐनअनुसार जनही रु १५ हजार ५०२ जरिवाना असुल गरी छाडिएको छ । 

पक्राउ

विशेष