News देश

 प्रदेश र स्थानीय तहका लागि आवश्यक कर्मचारी करारमा लिएर काम गर्ने व्यवस्था मिलाइएको छ : मन्त्री पण्डित 

 प्रदेश र स्थानीय तहका लागि आवश्यक कर्मचारी करारमा लिएर काम गर्ने व्यवस्था मिलाइएको छ : मन्त्री पण्डित 

काठमाडौं । सरकारले संघ प्रदेश र स्थानीय तहमा कर्मचारीको उचित व्यवस्था गर्ने बताएको छ ।  

 

 

 

संघ, प्रदेश र स्थानीय तहबीचमा देखिएको समस्याबारे छलफल गर्न बुधबार आयोजित संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै मन्त्री लालबाबु पण्डितले आवश्यक्ताका आधारमा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी खटाउने बताए । उनले पुस मसान्तभित्र प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्थापन गरिसक्ने समेत बताए । 
 

 

कतिपय प्रदेश तहका कर्मचारी घाम तापेर बस्ने गरेको उल्लेख गर्दै उनीहरुलाई पनि काममा लगाउने गरी सरकारले कर्मचारीको उचित व्यवस्थापन गर्ने पनि उनले बताए । बैठकमा मन्त्री पण्डितले भने , कार्य क्षेत्रमा जान नचाहने कर्मचारीमाथि कडा कारबाही गरिने सरकारको तयारी छ । 

 

 

मन्त्री पण्डितले संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य सहज रुपमा भइरहेको जानकारी गराए । उनले स्थानीय र प्रदेश तहमा कर्मचारीको अभाव हुन नदिन सरकारले गत असारमा नै कर्मचारीको दरबन्दी स्वीकृत गरेको दाबी गरेका छन् । 

बंठकमा मन्त्री पण्डितले प्रदेश र स्थानीय तहका लागि आवश्यक प्राविधिक कर्मचारी करारमा लिएर काम गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

 

 

कर्मचारी समायोजनका लागि सरकारले संघीय निजामती सेवा ऐन र कर्मचारी समायोजनसम्बन्धी ऐन मन्त्रिपरिषद बैठकमा पेस गरिएको पनि स्मरण गराँउदै उनले  कर्मचारीलाई कर्मक्षेत्रमा पनि निष्पक्ष रुपमा खटाउने प्रतिवद्धता व्यक्त गरे । 

विशेष