News राजनीति

प्रस्तावित राजदूतको सुनुवाई २३ गते 

प्रस्तावित राजदूतको सुनुवाई २३ गते 

काठमाडौं । चार मुलुकका लागि सिफारिस भएका राजदूतहरुमाथि मंसिर २३ गते संसदीय सुनुवाई हुने भएको छ। सुनुवाईका लागि २३ गते ११ बजे बैठक डाकिएको छ। 

 

 

कार्तिक २४ गतेको मन्त्रिपरिषदले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका लागि कृष्ण ढकाल र इजरायलका लागि अञ्जान शाक्यको नाम राजदूतमा सिफारिस गरेको थियो। संसदीय सुनुवाई पछि उनीहरुलाई सरकारले नियुक्त गर्नेछ।

 

 

सुनुवाईपूर्व सिफारिसमा परेका ४ जनाविरुद्ध उजुरी गर्न समितिले आह्वान गरेको थियो। सिफारिसमा परेका चारैजनाविरुद्ध कुनै पनि उजुरी परेको छैन। 

समितिमा परेको एउटा उजुरी भने सैद्धान्तिक विषयसँग सम्बन्धित छ। 

 

 

उजुरी सतिसराज मैनालीले गरेका हुन् । तर, मैनालीको उजुरी कुनै ब्यक्ति उपर आक्षेपमा केन्द्रित नभइ राजदूत नियु्क्तिको समग्र विषयमा केन्द्रित रहेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । ‘राजदूत नियुक्तिका लागि एउटा सुझावको रुपमा एक मात्र उजुरी प्राप्त भएको छ । त्यसमा विगतको र वर्तमानको अवस्था केलाइएको छ,’ कर्णले भने । 

 

 

उजुरीकर्ता मैनालीले राजदूतहरुको उमेर ग्याप धेरै भएको र त्यो हुन नहुने, दलीय भागवण्डाको प्रवृति अन्त्य हुनुपर्ने, परराष्ट्रको चेन अफ कमाण्डमा रहनुपर्ने, पदावधि निश्चित हुनुपर्ने लगायतका विषयमा सुझाव दिएका जनाइएको छ ।

उक्त उजुरीलाई लिएर समितिले २१ गते छलफल गर्दैछ। छलफलमा उजुरीकर्ता पनि सहभागी रहनेछन्। 

विशेष