त्रिवि वातावरण तथा विज्ञान संकायकी डिन मास्के पक्राउ
काठमाडौं । त्रिभुवन विश्वविद्यालय वातावरण तथा विज्ञान संकायमा भएको धार्मिक प्रवचन कार्यक्रम विद्यार्थीको विरोधमा विथोलिएको छ।
वातावरण तथा विज्ञान संकायले अडिटोरियम हलमा गरेको धर्म रुपान्तरण सम्बन्धी प्रवचन कार्यक्रम नेपाल विद्यार्थी संघ र नयाँ शक्ति पार्टी नजिकका विद्यार्थीहरुले विथोलेका हुन्।
उक्त संकायकी डिन प्रोफेसर डा रोजिना मास्केले बोल्दै गर्दा विद्यार्थीहरुले व्यानर च्यातेका नेविसंघले जनाएको छ । त्रिविको हाताभित्र धर्म रुपान्तरण कार्यक्रम गरेको अभियोगमा संकाय प्रमूख मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउपछि उनलाई किर्तिपुर प्रहरी चौकी लगिएको छ।
कोरियन क्रिश्चियन धर्मगुरुहरुले धार्मिक प्रवचन गर्ने कार्यक्रममा ३ सय बढी सहभागी भएको बताइएको छ।