News

मेडिकल र किराना पसलमा आगलागी, ५० लाखको क्षति

मेडिकल र किराना पसलमा आगलागी, ५० लाखको क्षति

राँझा । नेपालगञ्जका दुई मेडिकल र एक किराना पसलमा गए राति आगलागी हुँदा लाखौंको जलेर सामान नष्ट भएको छ ।

 

बिपीचोक नजिकै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल अगाडि रहेको राकेशकुमार कुम्हालको सफा मेडिकल र लालुमाया चलाउनेको माया फार्मेसी र धीरज जनरल स्टोरमा मध्यरातमा आगलागी भएको थियो । 

 

आगलागीबाट मेडिकलमा रहेका सम्पूर्ण औषधि र किराना पसलको सामान जलेर नष्ट भएको नेपालगञ्ज वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए ।

 

विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने उल्लेख गर्दै उनले आगलागी भएको थाहापाउनासाथ आएका सुरक्षाकर्मी, दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाए पनि औषधिजन्य वस्तु जलेर नष्ट भएको बताए ।

 

सफा मेडिकलका सञ्चालक राकेशकुमार कुम्हालले रु ५० लाखभन्दा बढीको औषधि नष्ट भएको उल्लेख गर्नुभयो । उनले रु ४५ लाखमा पसलको बीमा गरेका थिए । 

 

औषधि व्यवसायी संघ जिल्ला अध्यक्ष अभयकुमार बस्नेतले दुई मेडिकलमारु ९० लाख बढीका औषधि जलेर नष्ट भएको अनुमान गरिएको तातोका कारण भएका औपधि पनि प्रयोग गर्ने नहुने जानकारी दिए ।

 

केही महिना अगाडि मात्रै नेपालगञ्जकै धम्वोझीमा रहेको जीवन शर्माको औषधि पसलमा पनि आगलागी भएको थियो । 

आगलागी

विशेष