News खेल

 आर्मी र फ्रेन्ड्सबीच बराबरी , मनाङलाई फाइदा 

 आर्मी र फ्रेन्ड्सबीच बराबरी , मनाङलाई फाइदा 

काठमाडौं । शहीद स्मारका ए डिभिजन लिग अन्र्तगत बिहीबार भएको खेमला विभागीय टोली नेपाल आर्मीले बराबरी खेलको छ । 

 

 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको हो । खेलमा आर्मीले दबाब सिर्जना गरे पनि गोल भने गर्न सकेन । पहिलो हाफमा आर्मीले गोल गर्ने मौका पाएको थियो तर गोल गर्न भने सकेन । खेलमा दबाब राख्ने क्रममा दोस्रो हाफमा पाएको गोल अवसर पनि आर्मीले खेरा फालेको थियो । 

फेन्ड्सले भने उत्कृष्ट खेल खेल्न सकेन उसले रक्षात्मक खेल मात्र खेल्यो । बराबरी खेलेको आर्मी दोस्रो स्थानमा उक्लिन नसक्दा यसको फfइदा भने मनाङ मर्स्याङ्दी क्लबलाई पुगेको छ । 

 

आर्मीले ६ खेलबाट १४ अंक बनाएको छ । लिगको शीर्ष स्थानमा रहेको मनाङको १८ अंक रहेको छ । लिगको दोस्रो स्थानमा भने थ्रीस्टार रहेको छ । थ्रीस्टारको १५ अंक रहेको छ ।

विशेष