विदेश अर्थ News

हुवावेको उपप्रमुख मेंग पक्राउ 

हुवावेको उपप्रमुख मेंग पक्राउ 

काठमाडौं । हुवावेकी उपप्रमुख मेंग वानजाउ क्यानडमा पक्राउ परेकी छिन् । बिबिसिका अनुसार अमेरिकी सुरक्षा निकायको आग्रहमा चिनियाँ मोबाइल कम्पनी हुवावेकी उपप्रमुख वानजाउ पक्राउ गरिएको बताइएको छ ।

 

 

 

 

उनलाई किन , के , कस्ता करणले पक्राउ गरिएको विषय भने सार्वजनिक गरिएको छैन । तर, हुवावेले इरानमाथि लगाइएका अमेरिकी प्रतिबन्धहरुको उल्लघंन गरेको हुनसक्ने भन्दै अमेरिकाले उनीमाथि छानबिन गर्दे आइरहेको बताइएको छ ।

 

 

चिनियाँ दुरसञ्चार कम्पनीका संस्थापककी छोरी पनि रहेकी मेंगलाई गत डिसेम्बर १ मा भ्यानकुभरबाट हिरासतमा लिइएको थियो ।मेंगलाई पक्राउ गरिएको विरोधमा क्यानडास्थित चिनियाँ दूतावास अगाडि केहीले प्रदर्शन गर्दे उनको रिहाईको माग गरेका थिए । हुवावेले भने मेंग माथि लागेको उक्त आरोपको बारेमा निकै कम जानकारी भएको र उनले कुनै गलत काम नगरेको बताएको छ ।

 

 

उनी चिनियाँ मोबाइल कम्पनी हुवावेकी आर्थिक मामिला प्रमुख समेत हुन् ।  गत अप्रिलमा अमेरिकी अधिकारीहरूले हुवावेका गतिविधिहरूमाथि अनुसन्धान भइरहेको घोषणा गरेका थिए ।

 

 

बिबिसिका अनुसार व्यापारिक विषयलाई लिएर अमेरिका र चीनबीच द्धन्द्ध चलिरहेको बेला मेंगको पक्राउलाई संवेदनशील मानिएको छ । यि दुई देशले केही समय पहिलेदेखि एक अर्काको सामानमाथि अर्बौ डलर बराबरको शुल्क लगाउदै आइरहेका छन् । तर ,हालैमा उनीहरु बीच ९० दिनका लागि कुनै नयाँ शुल्क नलगाउने सम्झौता पनि भएको थियो । 

विशेष