News राजनीति

सञ्चारमन्त्री भन्छन्, ‘प्यासिफिक समिट र निर्मला प्रकरणमा सरकारको गलत प्रचार भयो’ 

सञ्चारमन्त्री भन्छन्, ‘प्यासिफिक समिट र निर्मला प्रकरणमा सरकारको गलत प्रचार भयो’ 

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटा सञ्चारगृह र सञ्चारकर्मीमाथि खनिएका छन् । 

 

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटा तथा बंग्याएर समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै सञ्चारकर्मीमाथि आक्रोशित भएका हुन् ।

 

हालै काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक समिट र निर्मला पन्त प्रकरणलाई लिएर सञ्चारमाध्यममा आएका समाचारको उनले खण्डन गरेका छन् ।

 

उनले केही मिडियाले सरकारलाई खेद्न मिसन नै बनाएर तथ्य तोडमोड गरिरहेको आरोप लगाए ।

 

मिडियाचाहिँ जवाफदेही बन्नु पर्दैन’ उनले प्रश्न गरे, ‘आजको समस्या सूचना तोडमोडको हो, सूचना लुकाइएको होइन, आइक्यापसँग सम्बिन्धत रहेको विषयमा पनि बढ्तै सूचना तोडमोड गरिएको पाइयो ।’ यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

सञ्चारमन्त्री गोकुल बाँस्कोटा

विशेष