नेपाल आफैं रेल किन्दै, यही वर्ष गुड्न सक्ने
काठमाडौं । सरकारले रेल किनेर जयनगरदेखि जनकपुरसम्म सञ्चालन गर्ने तयारी गरेको छ ।
भारतीय सहयोगमा निर्मित ३४ किमि दुरीको रेलमार्गमा अब नेपालकै रेल गुड्नेछ । यसअघि भारतबाट भाडामा रेल ल्याएर रेल सञ्चालन गर्ने तयारी थियो ।
मंसिरमा रेल चलाउने तयारी थियो । तर रेल नहुँदा समस्या भयो भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले भने, ‘रेल लिजमा लिने कि किन्ने भन्नेबारे हामी अलमलमा थियौँ, अब आफैँ रेल किन्ने निर्णय भएको छ । यसले गर्दा रेल सञ्चालनमा ढिलाई भएको हो ।’
मन्त्रालय मातहत सञ्चालनमा रहेका राष्ट्रिय गौरबका आयोजनाबारे जानकारी दिन बिहीबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समबन्वय बैठकमा मन्त्री महासेठलाई बोलाईएको थियो । यो समाचार अन्नपूर्ण पोस्टबाट लिइएको हो ।
रेल