News

गुण्डा नाइके समिरमानकी श्रीमतीलार्इ रिहा गर्न आदेश

गुण्डा नाइके समिरमानकी श्रीमतीलार्इ रिहा गर्न आदेश

काठमाडौं । निर्माण व्यवसायी शरद गौचनको हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका गुण्डा नाइके समिरमान सिंह बस्नेतकी श्रीमती मायाँ शेरचनलाई अदालतले धरौटीमा छोड्न आदेश दिएको छ।

 

जिल्ला अदालत काठमाडौंले उनलार्इ विहिबार ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । प्रहरीले गत कार्तिक १८ गते उनलाई स्वयम्भुबाट पक्राउ गरेको थियो ।

 

त्यस अघि पक्राउ परेका अमरबहादुर थापा र लोप्साङ शेर्पालाई उनले हतियार दिएको आरोप लागेको थियो ।  

 

जेलमा समिरमानलाई भेट्न गएकी मायाँले श्रीमानको निर्देशनमा अर्को ग्याङ तयार पार्न हतियार व्यवस्थापन र हुन्डी मार्फत पैसा पठाउनको गरेको समेत प्रहरीले अनुसन्धानमा फेला पारेको बताएको थियो ।

 

उनलाई हतियार व्यवस्थापनमा सहयोगी भूमिका खेलेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरिएको थियो। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

गुण्डा नाइके समिरमान सिंह बस्नेत

विशेष