News

पूर्वमन्त्री पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको तयारी

पूर्वमन्त्री पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ । 

 

सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले सिटिसिईरकालिका जेभीका प्रमुख पाण्डेविरुद्ध मुद्दा दर्ताको तयारी गरेको हो ।

 

सिक्टामा भएको कामबाट सवा दुई अर्ब घाटा
अख्तियारले गरेको छानबिनमा सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा भएको गुणस्तरहीन कामले राज्यलाई दुई अर्ब १३ करोड घाटा भएको पाइएको थियो । 

 

अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ४ बमोजिम ठेकेदार पाण्डे र सिटिसिईरकालिका जेभीका आधिकारिक प्रतिनिधि युवबहादुर क्षेत्रीबाट जनही ७८ करोड ४१ लाख ४१ हजार पाँच सय ९९ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गर्ने भएको छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 
 

भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वमन्त्री विक्रम पाण्डे

विशेष