News

पूर्वप्रहरी महानिरीक्षक बोहोरालाई सफाई

पूर्वप्रहरी महानिरीक्षक बोहोरालाई सफाई

काठमाडौ‌ । सर्वोच्च अदालतले भ्रष्टाचारको आरोप लागेका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई सफाई दिएको छ । 

 

न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले बिहीबार पूर्वप्रहरी महानिरीक्षक बोहोरालाई सफाई दिने आदेश गरेको हो । आदेशमा बोहोराले अकुत सम्पत्ति आर्जन गरेको ठहर नभएको उल्लेख छ । 

 

विशेष अदालतले अवैध सम्पत्ति कमाएको अभियोगमा डेढ वर्ष कैद सजाय बिगो र जरिवाना गरी रु ५३ लाख ६२ हजार बराबर असुल फैसला सुनाएको थियो ।

 

 विसं २०६१ साउन २९ गते अख्तियारले बोहराविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

 

प्रहरी प्रमुख भएका बेला खरीद गरेको घरजग्गा तथा विभिन्न बैंकमा रहेको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतले दोषी ठहर गरेको थियो । बोहरा विसं २०४९ देखि विसं २०५३ सम्म प्रहरी महानिरीक्षक बनेका थिए । 

 

विशेषको फैसलाविरुद्ध सर्वोच्च अदालतमा २०७० जेठ १९ गते पुनरावेदन गरिएको थियो । सोही मुद्दाको सुनुवाइपछि सर्वोच्च अदालतले बिहीबार सफाई दिएको हो । 

सर्वोच्च अदालत पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहोरा

विशेष