News

पाँच शिक्षक, पाँच विद्यार्थी, तर पनि नाम लेख्न आउँदैन !

पाँच शिक्षक, पाँच विद्यार्थी, तर पनि नाम लेख्न आउँदैन !

मुगु । मुगुको मुगमकार्मारोङ गाउँपालिकास्थित लामा समुदायका अधिकतर विद्यालयमा विद्यार्थी र शिक्षकको अनुपात बराबरी रहेको पाइएको छ।

 

प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोलीले लामा समुदायका १७ मध्ये १४ विद्यालयमा अनुगमन गरेको थियो।

 

खारी गाउँमा १३ घरधुरीका १० बालबालिका राष्ट्रिय प्राथमिक विद्यालयमा भर्ना भए पनि ५ जना मात्रै नियमित विद्यालय जाने गरेका छन्। 

 

विद्यालयमा दुई शिक्षक, एक शिक्षिका र एक जना बालविकास सहजकर्ताका साथै मातृभाषाका लागि गाउँपालिकाले एक शिक्षक नियुक्ति गरे पनि विद्यार्थीले नेपालीमा आफ्नो नामसमेत नजानेको अनुगमन टोलीले जनाएको छ । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो । 

मुगु शिक्षक विद्यार्थी

विशेष