News अर्थ

मुलुकको समृद्धिको लागि कलम चलाउन अर्थमन्त्रीको आग्रह 

मुलुकको समृद्धिको लागि कलम चलाउन अर्थमन्त्रीको आग्रह 

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सञ्चार क्षेत्रलाई जथाभावी कलम चलाउन छुट नरहेको बताएका छन् ।

 

 

 

शुक्रबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को चौंथो महासभालाई सम्बोधन गर्दै खतिवडाले नेपाली संचार क्षेत्र पछिल्लो समय जवाफदेहीतालाई वेवास्ता गरेको बताए । उनले मुलुकको समृद्धि, विकास, सुशासन र सामाजिक न्यायको पक्षमा कलम चलाउन संचारकर्मीलाई आग्रह गरे । 

 

 

अर्थमन्त्री खतिवडाले मुलुकमा आर्थिक अनुशासन कायम राख्ने वातावरण बनाउन संचारकर्मीहरूले पनि ध्यान केन्द्रित गर्नुपर्ने स्पष्ट पारे। 
सही सूचनाले मुलुकको विकास हुने भन्दै मुलुकको समृद्धि र सुशासनको लागि निष्पक्ष सन्देश दिनुपर्ने भन्दै उनले  स्वच्छ पत्रकारिताले मात्र यो सम्भव हुने बताए ।  उनले सत्य सूचना  प्रवाहका लागि सरकारले सदैव सहयोग गर्ने बताए ।

विशेष