विदेश

‘लिटिल मेसीे’ परिवारले छोडे देश

‘लिटिल मेसीे’ परिवारले छोडे देश

काठमाडौं । तालिबानको चेतवनीकाकारण अफगानिस्तानकालिटिल मेसीे (मुर्तजाअहमेदी) परिवारले फेरि देश छोडेका छन् । आतंकवादी संघठन तालिबानले पटक–पटक लिटिल मेसीको परिवारलाई मार्ने धम्की दिएपछि उनको परिवार देश छोड्न बाध्य भएका हुन् ।

 

 

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार, मुर्तजाको परिवारले तालिवानले  पटक–पटक मार्ने धम्की दिएपछि आफ्नो गाउँमा समेत आफुहरु सुरक्षित नभएको बताएका छन् । जसका कारण उनीहरुले त्यो ठाँउ छोडेर जानुपर्ने अवस्था आएको बताए । सन् २०१६ मा केही समयकालागि शरणार्थीका रुपमा पाकिस्तान  बसेका उनीहरु आर्थिक अभाव भएपछि  स्वदेश फर्किएका थिए ।

 

 

अफगानिस्तानको राजधानी काबुलस्थित एक सानो ठाँउमा बस्ने सातव र्षिया मुर्तजाअहमेदी लिटिल मेसीको नामले विश्वमाझ चर्चित छन् । सन् २०१६ मा मेसीको नाम र नम्बर लेखेर प्लास्टिकको जर्सी लगाएको फोटो सोसियल मिडियामा भाइरल भएपछि उनीनिक्कै चर्चामा आएका थिए ।

 

 

आफ्नोे आइडलको नामको प्लास्टिकको जर्र्सी लगाएर चर्चा कमाएका मुर्तजा ५ बर्षको कलिलो उमेर मै अन्तराष्ट्रिय स्तरमा नै चर्चित भए । चर्चा कै कारणपछि उनले मेसीलाई  भेट्ने मौका पाए । सोसल मिडियामा निक्कै चर्चा भएपछि उनलाई मेसीले आफ्नो नामको  साइन गरेको टिसर्ट पठाएका थिए । त्यसपछि कतारको दोहामा मैत्रीपूर्ण खेलका लागि गएका बेला सन् २०१६ मा मेसीले उनलाई भेट्न बोलाएका थिए । मेसीको हात समातेर उनी मैदानमा समेत हिँडेका थिए ।

 

विशेष