News

सिक्टा अायाेजनामा साढे ८ अर्ब भ्रष्टाचार, पूर्वमन्त्रीसहित २१ जनाविरुद्ध मुद्दा 

सिक्टा अायाेजनामा साढे ८ अर्ब भ्रष्टाचार, पूर्वमन्त्रीसहित २१ जनाविरुद्ध मुद्दा 

काठमाडौं । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनामा आर्थिक अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। 

 

पाण्डे आयोजना निर्माण गर्ने जिम्मा पाएको सिटिसिई कालिका कन्स्ट्रक्सन कम्पनीका प्रमुख एवं  राप्रपा नेतासमेत हुन्।

 

आयोगले राष्ट्रिय गौरवको उक्त आयोजनामा ८ अर्ब ५९ करोड ८८ लाख रुपैयाँबराबरको आर्थिक अनियमितता भएको ठहर गर्दै पाण्डेसहित २१ जनाविरुद्ध मुद्दा चलाएको हो।

 

सिटिसिई कालिका कन्स्ट्रक्सन कम्पनीले सिक्टाको पश्चिम खण्डको ४५ मध्ये ४२ किलोमिटर मूल नहर निर्माण गरेको हो। मूल नहर निर्माणपछि परीक्षणका क्रममा  पटकपटक भत्केको छ।

 

बाँकेको अगैयामा बाँध निर्माण गरी राप्ती नदीको ५० क्युमेक्स पानी अटाउने गरी बनाइएको मूल नहर ४-५ क्युमेक्स पानी पठाउँदा नै भत्कन थालेपछि आर्थिक अनियमितताको आशंका गरिएको थियो। यो समाचार नागरिक दैनिकबाट लिइएको छ । 

सिक्टा सिँचाइ आयोजना

विशेष