विदेश

ट्रम्पका ‘चिफ अफ स्टाफ’ केली पदमुक्त हुने

ट्रम्पका ‘चिफ अफ स्टाफ’ केली पदमुक्त हुने

काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना ’चिफ अफ स्टाफ’ले यो वर्षको अन्त्यसम्ममा जागिर छोड्ने बताएका छन् । 

 

 

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले जेनरल जन केली केही दिनमा आफ्नो जिम्मेबारीबाट बाहिरिने जानकारी दिए । उनले शनिबार ट्वीट गर्दै केली पदमुक्त हुन लागेको सार्वजनिक गरेका थिए । 

राष्ट्रपति ट्रम्पले केलीलाई एकदमै राम्रो मान्छेको संज्ञा दिँदै सहयोग र सहकार्यका लागि धन्यवाद भनेका छन् । “उहाँ झण्डै दुई बर्षदेखि मेरो साथमा फरक फरक भूमिकामा हुनुहुन्थ्यो, मलाई उहाँको काम गराई निकै मन परेको छ,” ट्रम्पले भने । 

 

 

केलीको उत्तराधिकारी केही दिनमा घोषणा गर्ने पनि उनले बताए । गत महिना रोयटर्स समाचार संस्थाले स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार चिफ अफ स्टाफको भूमिकामा उपराष्ट्रपति माइक पेन्सका चिफ अफ स्टाफ निक ऐयर्स आउने सम्भावना रहेको छ । 

केली केही दिनदेखि आफ्नो पद छोड्न लगातार दबाबमा पर्दै आएको विवरण सार्वजनिक भएको थियो । 

ट्रम्पले यसअघि सन् २०१७ को जुलाई अन्त्यमा राइन्स प्रिबसलाई चिफ अफ स्टाफबाट हटाएर केलीलाई उनको ठाउँमा नियुक्त गरेका थिए । 

विशेष