News राजनीति

नेकपा स्थायी समिति बैठक मंसिर २९ मा

नेकपा स्थायी समिति बैठक मंसिर २९ मा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक मंसिर २९ गते बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा शनिबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको नेकपाले जनाएको छ । 

 

 

यसअघि हिजो शनिबार बसेको सचिवालय बैठकमा अध्यक्षहरू र महासचिव समयमै उपस्थित नभएको भन्दै नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम बालुवाटारबाट बाहिरिएका थिए । शनिबार अपरान्ह बसेको सचिवालय बैठकले २९ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो।

 

नेकपाको स्थायी कमिटी ४५ सदस्यीय छ।

विशेष