News राजनीति

प्रदिप पौडेलले भने- प्रधानमन्त्री ओली आफ्नो विरोध सुन्नै नसक्ने असहिष्णु चरित्रका हुन्

प्रदिप पौडेलले भने- प्रधानमन्त्री ओली आफ्नो विरोध सुन्नै नसक्ने असहिष्णु चरित्रका हुन्

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो विरोध सुन्नै नसक्ने, असहिष्णु  चरित्र भएको आरोप लगाएका छन् । 

 

कर्मचारी यूनीयन संघ तनहुँले दमौलीमा गरेको कार्यक्रममा नेता पौडेलले आफ्नो विरोध सुन्नै नसक्ने असहिष्णु प्रधानमन्त्री ओलीले बुद्धिजीवीहरुलाई नानाभाती गाली गलौज गरेर आफ्नो असली चरित्र देखाएको बताए ।

 

२१ औं शताब्दीमा अलोकतान्त्रीक सोचको नेतृत्व नगर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिँदै पौडेलले भने, आफ्ना विरोधीलाई अरिंगालले झै झम्टन निर्देशन दिने प्रधानमन्त्री अहिले अन्यत्र कहीँ भेटिने छैन । “प्रधानमन्त्री ओलीलाई उनलै दलका शीर्ष नेताहरुले समेत बहिष्कार गर्न थालिसके, तर उहाँलाई अझै आफू जस्तो कोही छैन भन्ने दम्भ छ” उनले भने । 


“बुद्धजीवीलाई गाली गर्ने प्रधानमन्त्री, पूजीँवादका कारण निर्मला पन्तको बलात्कारपछि हत्या भएको ठोकुवा गर्ने निर्लज्ज गृहमन्त्रीबाट कसरी देश चल्छ ? ” पौडेलको प्रश्न थियो ।

उनले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र सरकारी काम कार्वाहीले सरकार निरंकुशतातर्फ उन्मुख भएको पुष्टि गरेको बताए । 

 

नेता पौडेलेले  अन्य सरकारी संरचनालाई पंगु बनाई प्रधानमन्त्री कार्यालयलाई मात्र बलियो बनाएर प्रधानमन्त्रीले प्रशासनमा नांगो हस्तक्षेप गरेको आरोप लगाए । “ठूल–ठूला आयोजनाहरु आफ्नै मातहतमा ल्याई देशभक्त इमान्दार कर्मचारीको मनोबल गिराउँदै स्वयं सर्वशक्तिमान बन्ने दाउमा प्रधानमन्त्री हुनुहुन्छ” पौडेलले भने । 

उनले निरंकुश शैलीले अघि बढिरहेको वर्तमान सरकारबाट संविधान कार्यान्यन हुने लक्षण नभएकाले नेपाली कांग्रेसको नेतृत्वले धैर्यता नगुमाई कार्य सम्पादन गर्नुपर्ने बताए । 

विशेष