News

चुनौती सामना गर्नका लागि राजदूत बनेर जान लागेको हो :नीलाम्बर आर्चाय 

चुनौती सामना गर्नका लागि राजदूत बनेर जान लागेको हो :नीलाम्बर आर्चाय 

काठमाडौं । भारतका लागि नेपाली राजदूतमा प्रस्तावित नीलाम्बर आर्चायले नेपाल बारेको भारतीय मानसिकता परिवर्तन गर्न आफनो उद्देश्य रहेको बताएका छन् । 

 

 

संसदीय सुनुवाई विशेष समितिमा आइतबार सांसदहरूले उठाएका प्रश्नको जवाफमा प्रस्तावित राजदूत आर्चायले नेपाल र भारतबीच रहेका आशंका निवारण गरी विश्वासको वाातवरण निर्माण गर्ने बताएका छन् । 

उनले नेपाल–भारत सम्बन्ध नयाँ मोडमा पुगेको र यसका लागि योगदान दिन आफू राजदूत बन्न लागेको बताएका हुन् । 


ʻजागिर खानका लागि राजदूत बनेर जान लागेको होइन, अहिलेका चुनौती सामना गर्न जान लागेको हो,ʼ आर्चायले भने, ʻभारतसँगको सम्बन्ध सुधार्न कठोर मेहनत गर्नुपर्नेछ ।ʼ 

नेपाल–भारत प्रबुद्ध समूहका सदस्य समेत रहेका आर्चायले प्रबुद्ध समूहको प्रतिवेदन बुझ्नमा भइरहेको ढिलाइबारे धेरै आशंका गर्नु नपर्ने उनले बताए । 

ʻइपीजीको प्रतिवेदन सार्वजनिक आएपछि धेरै कुरा सजिलो हुनेछ, समस्या औंल्याएको छ र समाधानको बाटो खोलेको छ,ʼ आर्चायले भने ।


 संसदीय सुनुवाई समितिले अनुमोदन गरेमा आर्चाय राजदूत नियुक्त हुनेछन् । 

विशेष